पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भट्टराई निर्वाचित



पाल्पा,मंसिर १२ । पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी राजिव श्रेष्ठ लाई ४४० मतान्तरले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।

कूल खसेको मतमध्ये भट्टराईले ६४१ र श्रेष्ठले २०१ मत प्राप्त गरे । सङ्घमा भट्टराई निवर्तमान वरिष्ठ उपाध्यक्ष थिए ।
यस्तै संघको उपाध्यक्षमा वाणिज्य उपाध्यक्षमा भीम बहादुर श्रेष्ठ निर्विराेध भए । उद्योग उपाध्यक्षमा उत्तम कुमार बज्राचार्यले १ सय ७ र उनका प्रतिस्प्रधी रमेशराज बज्राचार्य ४० मत गरि उत्तम बज्राचार्य विजयी भए ।

यस्तै क्षेत्र नं ११ मा सदस्यमा कमल पाण्डे, लक्ष्मण बस्याल विजयी भएका छन्। यस क्षेत्रमा पाण्डेले ३३ बस्यालले ३२ र हलिम दिन मियाले २५ मत प्राप्त गरे भने ५ मत बदर भएकाे थियाे । अध्यक्षमा निर्वाचित भट्टराइसँग संघमा १५ वर्ष लामो काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्