नुवाकोट पञ्चकन्या माओवादी केन्द्र: हितबहादुर तामाङ र राजन गौतमको कडा सवाल जवाफ



नुवाकोट, मंसिर १३ । जिल्लाको पञ्चकन्यामा नेकपा (माओवादी केन्द्र) का नेता बीच आन्तरिक द्वन्द नौलो कुरा होइन । लामो समय पार्टी कार्यकर्ता बीच स्थानीयदेखि माथिल्लो तहसम्मका नेता बीच आन्तरिक कुराकानी नमिलेको यदाकदा सुनिन्छ ।

यस्तै आन्तरिक कुरा नमिल्दा माओवादी केन्द्रका केन्द्रिय स्तरका नेता राजन गौतमले नेतृत्वको खुलेर विरोध गरेका छन् । नेता गौतमले नवनिर्वाचित माओवादी केन्द्रका नुवाकोट क्षेत्र नम्बर १ का नेता हितबहादुर तामाङको खुलेर विरोध गरेका हुन् ।

द्वन्द कालमा बन्दुक बोकेर हिडेका माओवादी केन्द्र, वाग्मती प्रदेशको संयोजक समेत रहेका गौतमले सामाजिक संजालमा आएको हितबहादुर तामाङको भिडियोको सवाल जवाफ दिएको देखिन्छ ।

नेता तामाङले सोमबार पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङमा भएको विजय सभालाई सम्बोधनको क्रममा आफ्नो सफलतादेखि आतिएर जस्ले जे ले पायो त्यसैले हिर्काएको, अगुल्टोले हानेको, ढुङ्गा माटोले जेले पायो त्यसैले  हानेको बताएका थिए ।

यसबारे टिप्पणी गर्दै माओवादी केन्द्रका युवा नेता राजन गौतमले ‘आज गलाभरि माला खादा लगाय चैतारामा केही मानिस जम्मा गरेर मलाई जेलेपायो तेस्ले अगुल्टो लठ्ठी ढुङ्गा माटोले हान्ने प्रयास गरे भन्ने गुनासो सुनियो यसोकिन भयोहोला भन्ने बोध भयरहो कि कुन्ठा ओकलेको हो?’ लेखेका छन् ।

द्वन्दकालका कमान्डरका रुपमा समेत चिनिएका युवा नेता गौतमलाई यो छेडछाड के का लागि भनेर साझापथले प्रश्न गरेको थियोे । सुरुमा कसैलाई इङकित नगरेको बताए । हितबहादुरको भाषणमा आएको शब्द र तपाईंको स्टाटसले एउटै कुरा समेटेको बताएपछि ‘सबै कुरा हितबहादुर नै जान्दछ्न ।’ भने ।

गौतमले हिबहादुरका लागि भोटर्स नमागेको तर पार्टीका लागि चुनावमा खटेको बताए । किन तपाईं एउटै झण्डा मुनि हुनुहुन्छ होइन? भन्दा ‘त्यो कुरा हितबहादुर जानुन, पार्टीका कस्ता मान्छेलाई संगै लिएर हिडेका छन् । के गर्न नहुने के हुने बारे उसैलाई सोध्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्