धनुषा–४ बाट एमालेका रघुवीर महासेठ विजयी



काठमाडौं,मंसिर १३ । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् ।

मंगलबार बिहान नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित गरेर एमालेका सचिव समेत रहेका महासेठ विजयी भएका हुन । महासेठ ३२ हजार २ सय ३६ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार १ सय १२ मत मात्र प्राप्त गरेर पराजित भए ।

प्रतिक्रिया दिनुहोस्