बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा नुवाकोट पञ्चकन्याको कडेलको मृत्यु



काठमाडौं,मंसिर १३ । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा नुवाकोट पञ्चकन्याका एक युवकको मृत्यु भएको छ ।

टोखा नगरपालिका–६, ग्रिनल्याण्डमा गए राति सवा ११ बजे बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक सविन कडेलको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको पञ्चकन्या गाउँपालिका-४ थप्रेकका २६ वर्षीय युवक हुन । उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गए राति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्