सुनको मूल्यमा गिरावट, चाँदीको कति ?



काठमाडौं,मंसिर १३ । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार २८५ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्