सुकुम्वासी बस्तीमा डोजर चलाइएकोमा अध्यक्ष ओलीको आपत्ति



काठमाडौं,मंसिर १३। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासी बस्तीमा डोजर चलाइएकोमा आपत्ति जनाएका छन् । सुखसयलमा बसेको मान्छेले गरिब सुकुम्वासीका पीडा बुझ्न नसकेको उनले टिप्पणी गरे ।

मंगलबार च्यासलस्थित पार्टी निकट सांस्कृतिक संघद्वारा आयोजित बधाई कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुकुम्वासीहरूलाई राज्यशक्तिको प्रयोगबाट पराजित गरेर मुलुकको सुकुम्वासी समस्या समाधान नहुने बताए ।

उनले सुकुम्वासी बस्ती भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस्