चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन



एजेन्सी,मंसिर १४ । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।

उनको ९६ वर्षको उमेरमा बुधबार निधन भएको हो । चिनियाँ संचार माध्यमका अनुसार जेमिन लामो समयदेखि विरामी थिए । उनी ल्युकेमिया रोगबाट पीडित थिए । जसका कारण उनका शरीरका धेरै अंगले काम गर्न छाडेका थिए । बिमारीकै कारण बुधबार उनको निधन भएको संचार माध्यमले जनाएका छन् ।

जेमिन सन् १९८९ को तियानमेन स्क्वायर आन्दोलनपछि चीनको नेतृत्वमा निर्वाचित भएका थिए । रिपोर्टका अनुसार सन् १९९३ मा सत्ता प्राप्त गरेपछि उनले झण्डै एक दशकसम्म चीनमाथि आफ्नो कब्जा जमाएका थिए । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपतिका रुपमा थिए ।

प्रतिक्रिया दिनुहोस्