नुवाकोटमा ४ सहित वाग्मती प्रदेशमा मानवअधिकार उल्लंघनका ३३ उजुरी



नुवाकोट,मंसिर १६ । नुवाकोटमा ४ सहित वाग्मती प्रदेशमा मानवअधिकार उल्लंघनका ३३ उजुरीे परेको छ ।

प्रदेश अन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लंघनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ ।

प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार उल्लंघनको विभिन्न किसिमका उजुरी सो कार्यालयमा परेको जनाएको छ ।

प्राप्त विवरणअनुसार चितवनमा ४, नुवाकोटमा ४, सिन्धुपाल्चोकमा ३, काभ्रेमा २, धादिङमा २, दोलखामा २ र रामेछापमा १ वटा उजुरी परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्