जन्ती बोकेको जीप दुर्घटना : पाँच जनाको मृत्यु, नौ जना घाइते
जनकपुरधाम, मंसिर १७ । धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ९ जना घाइते भएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती बोकर इटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप आज बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको थियो ।
थप विवरण आउन बाँकी रहेको बताइएको छ ।