नुवाकोट शिवपुरीमा भरूवा बन्दुक र बारूदसहित एक जना पक्राउ

नुवाकोट ,मंसिर १७ । जिल्लामा भरूवा बन्दुक र बारूदसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–३ नयाँगाउँ नन्दी बस्ने ६० वर्षीय हर्क बहादुर तामाङ रहेका छन् ।
तामाङलाई भरूवा बन्दुक २ थान र बारूद १ केजी सहित शुक्रबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।