माओवादी पदाधिकारी बैठक : एमालेसँग पनि मिलेर सरकार गठन गर्ने विकल्प खुला



काठमाडौं, मंसिर १७ । नेकपा (माओवादी केन्द्र) ले सरकार गठनमा सबैखाले विकल्प खुला राखेको छ । आज (शनिबार) बसेको पदाधिकारी बैठकमा नयाँ सरकार गठनमा गठबन्धन र एमाले दुवैसँग विकल्प खुला राख्नेबारे छलफल भएको हो ।

बैठकपछि पत्रकारसँगको कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनको लागि आफ्नो पार्टीले सबै विकल्प खुला राखेको सुनाए । उनकाअनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको समिक्षात्मक धारणा सुनाएका थिए ।

दाहालले गठबन्धनलाई निरन्तरता दिने कुरा राखेका थिए । तर, सरकार गठनको लागि एमालेसँगपनि सहकार्य गर्ने विकल्पलाई खुला राखिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्