पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गयो



चितवन,मंसिर १७ । पूर्वी चितवनकाे  कालिका नगरपालिका–९ शक्तिखोरस्थित कयरखोलाको बाँधमा पौडी खेल्ने क्रममा शनिबार एक युवकको मृत्यु भएको छ ।

दिउँसो करिब २ः१५ बजेको समयमा पौडी खेल्ने क्रममा स्थानीय सिताराम श्रेष्ठको १६ वर्षीय छोरा मनिष श्रेष्ठको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्