स्याङ्जा – २ मा कांग्रेसका धनराज गुरुङ विजयी



स्याङ्जा, कात्तिक १७ । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी भएका छन ।

नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्दै कांग्रेस केन्द्रीय उपसभापतिसमेत रहेका गुरुङ विजयी भएका हुन् ।

गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरेका छन् । अर्यालले २५ हजार ८३९ मत ल्याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार ११३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्