यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद्



काठमाडौं,मंसिर १८ । पार्टीका कतिपय शिर्ष नेताहरु निर्वाचनमा परबाजय भइरहेका बेला नेकपा एमालेका पाँच नेताले सर्वाधिक मत लिएर चुनाव जितेका छन् । बढी मतले विजयी हुने सांसद्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापासम्म छन् ।

एमालेभित्र सर्वाधिक मत लिएर विजयी हुनेमा अध्यक्ष ओली, पार्टी सचिव टोप बहादुर रायमाझी, पोलिटब्यूरो सदस्यद्धय सूर्य थापा, गोकुल बास्कोटा र भगवती चौधरी हुन् । यी सवै सांसद्ले ४० हजारभन्दा माथी मत लिएका छन् । अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्वर ५ बाट नेपाली कांग्रेसका वर्षिय खगेन्द्र धिकारीलाई २८ हजार ५ सय ७५ मतको अन्तरले पछी पार्दै चुनाव जितेका छन् । ओलीले ५२ हजार ३ सय १९ र कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४३ मत लिए ।

पार्टी सचिव टोप बहादुर रायमाझी अर्घाखाँचीबाट कांग्रेसकी पुष्पा भुसाल ९गौतम० लाई १ हजार ७ सय ३० मतको अन्तरले विजयी भए । रायमाझीले ४२ हजार ६ सय ७५ र भुसालले ४० हजार ९ सय ४५ मत लिइन् । प्रतिनिधिसभा सदस्यका लागि अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र हो । रायमाझी अर्घाखाँचीबाट निरन्तर विजयी हुने सांसद्मा पर्छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्यूठानमा यसपाली पहिलोपटक चुनाव लडेका एमालेका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज सूर्य थापा भारी मतान्तरले विजयी भए । गठवन्धनकी साझा उम्मेदवार राजमोकी दुर्गा पौडेललाई ५ हजार ३ सय ४ मतले पछीपार्दै थापा विजयी भए । थापाले ४१ हजार १ सय १८ र पौडेलले ३५ हजार ८ सय १४ मत लिइन् ।

काभ्रे क्षेत्र नम्वर २ बाट पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईलाई ५ हजार ८ सय ६३ मतको अन्तरले विजयी भए । बास्कोटाले ४५ हजार ३ सय ४५ र हुमागाईले ३९ हजार ४ सय ८२ मत लिएका छन् । बास्कोटालाई धेरैले निर्वाचन हार्ने उम्मेदवारका रुपमा चित्रण गरेका थिए ।

सुनसरी निर्वाचन क्षेत्र नम्वर ३ बाट चुनाव जितेकी एमालेकी नेतृ भगवती चौधरी पनि सर्वाधिक मत लिएर विजयी हुने सांसद्मा पर्छिन् । उनले प्रतिस्पर्धी कांग्रेसका विजय कुमार गच्छदारलाई ५ हजार १ सय ८८ मतको अन्तर पारेर विजयी भइन् । चौधरीले ४० हजार ७ सय ८८ र गच्छदारले ३५ हजार ६ सय मत लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्