नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मेला सुरु, मागेको पाइने जनविश्वास



नुवाकोट,मंसिर १८ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा लाग्ने मेला सुरु भएको छ । हरेक वर्ष मार्ग शुक्लपक्ष, मोक्षदा एकादशीदेखि सुरु भएर धान्य पूर्णिमासम्म लाग्ने मेला भर्न देशका विभिन्न स्थानबाट दर्शनार्थीको आवागमन सुरु भएको हो ।

यही मङ्सिरको पहिलो साता शुक्रअन्न समापन भएसँगै दर्शनार्थीको भीड लाग्न थालेकोमा धान्यपूर्णिमाको अवसरमा एकादशीदेखि दर्शनार्थीको चाप बढेको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले जानकारी दिए । उनको अनुसार मेलाको मुख्य रौनक यही शनिबारदेखि सुरु भएको हो ।

शनिबार एकै दिन एक हजार पाँच सयभन्दा बढीले दर्शन गरेका थिए । दोस्रो दिन आज दर्शनार्थीको सहभागिता थप वृद्धि भएको छ । यो वर्षको मेलामा करिब १५ हजार दर्शनार्थीले दुप्चेश्वर महादेवको दर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्