पत्रकार एलन माथिको आक्रमण निन्दनीय – उपमहासचिव खतिवडा



काठमाडौं,मंसिर १९ । नेकपा ( एकीृकत समाजवादी ) ले पार्टीका  प्रचार विभाग सदस्य तथा  समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव  रामकुमार एलन माथि भएको हातपातको घटना प्रति  गम्भिर ध्यानाकर्षण भएको जनाएको छ  ।

सोमबार पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एक विज्ञप्ति मार्फत घटनाको निन्दा गर्दै संलग्न उपर कानुनी कारवाहीको माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै आफूलाई नेपाली कांग्रेसका नेता इन्द्र बानियाँको समर्थक बताउने राजेश भेटवाल सहितका करिव २०-२२ जनाको जत्थाले गए राति पत्रकार एलनमाथि आक्रमण गरेको हो । नेकपा एकीकृत समाजवादीका प्रचार विभाग सदस्य तथा  समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलन माथि भएको हातपात प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । सञ्चारमाध्यम र  सामाजिक सञ्जाल मार्फत आफ्ना नेता विरुद्ध समाचार लेखेको आरोप लगाउँदै नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेटवाल सहितका करिव २०/२२ जनाको जत्थाले २०७९ मंसिर १८ गते  राति १०.१० को समयमा हेटौंडा उपमहानगरपालिका वडा नं२ स्थित पल्पसा सदनमा एलन माथि सांघातिक आक्रमण भएको भनिएको छ । 

आक्रमणमा परी पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागि उपचार गरि रहनु भएको छ  भने  पत्रकार एलनको उद्धार गर्न पुग्नुभएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर र बागमती एक्सप्रेसका सम्पादक रमेश बञ्जारा समेत  सोही जत्थाको  आक्रमणमा परी  घाईते हुनुभएको छ भनिएको छ   । 

नेकपा एकीकृत समाजवादी उक्त घटनाको निन्दा र भर्त्सना गर्दछ र  उक्त घटनामा  संलग्न थप व्यक्तिको पहिचान गरी कडा  भन्दा कडा कानुनी कारवाहीको माग गर्दछ विज्ञप्तिमा भनिएको छ  । 

प्रतिक्रिया दिनुहोस्