सुन तोलामा ६ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौं,मंसिर २०। नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मुल्य ९८ हजार ८ सय रुपैयाँको कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार ३८५ रुपैयाको कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्