रुपन्देहीमा तीन गाउँपालिका मिलेर वारुणयन्त्र खरिद गर्दै



रुपन्देही,मंसिर २० । रुपन्देहीमा तिनवटा स्थानिय तहले मिलेर वारुणयन्त्र संचालन गर्ने भएका छन । देवदह नगरपालिका, ओमसतिया गाउपालिका र रोहिणी गाउपालिकाको संयुक्त लगानीमा वारुणयन्त्र संचालनमा ल्याउने निर्णय गरेका हुन ।

रोणिही गाउपालिकामा बसेको संयुक्त बैठकले तिनै पालिकाको लागत सहभागितामा वारुणयन्त्र खरीद गरी संचालनमा ल्याउने निर्णय गरेको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए । वारुणयन्त्र खरीदको लागि देवदह नगरपालिकाले ५० प्रतिशत, रोहिणी गाउपालिका र ओमसतिया गाउपालिकाले २५/२५ प्रतिशत लगानी गर्ने सहमति भएको नगर प्रवक्ता डुम्रेले जानकारी दिए ।

तिनै पालिकाको संयुक्त लगानीमा खरीद गरिएको वारुद्धयन्त्र देवदह नगरपालिका–१, मा व्यवस्थापन गरी संचालन गर्ने निर्णय गरेको छ । तिनै पालिकामा हुने विपद् व्यवस्थापन गर्ने गरी वारुणयन्त्र संचालन कार्यविधि निर्माण गर्ने सहमति भएको छ। वारुणयन्त्र संचालन र व्यवस्थापनको कार्यविधि निर्माण गर्नको लागि देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा रोहिणी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, ओमसतिया गाउपालिकाका सदस्य सागर गौतम, देवदह नगरपालिकाका ईन्जिनियर राजकुमार यादव र रोहिणी गापालिकाका लेखा अधिकृत कृष्णप्रसाद ज्ञवाली रहेका छन् ।

वारुणयन्त्र खरीद प्रक्रियाको लागि देवदह नगरपालिकालाई जिम्मेवारी प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्