नुवाकोटको विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीत ‘जमुना’ सार्वजनिक



नुवाकोट,पुस २ । जिल्लाको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गीत ‘जमुना’ सार्वजनिक भएको छ । केहि दिन अगाडि सार्वजनिक भएको गीत ‘जमुना’ नुवाकोटको सुदुरपूर्वी शिवपुरीको सुर्य चौर क्षेत्रमा छायांकन गरिएको हो ।

गीतमा चर्चित गायक माधब भण्डारीको स्वर, शब्द, संगीत, एरेन्जरसंगै आशा बुर्लाकोटीको स्वर रहेको छ । गीतमा नुवाकोट आसपासका हिम शृङ्खला डाँडाकाडा देख्न सकिन्छ । भिडियोको निर्देशन होम धितालले गरेका छन् भने गीतको कोरियो ग्राफर शिव बिक, सम्पादन रोशन धितालको रहेको छ ।

गीतमा नायिका रेजिना उप्रेती र सुन्दर खवासलाई देख्न सकिन्छ । मौलिक लोकलयमा आधारित गीत माधब भण्डारी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

गीतको भिडियो हेर्नुस्:-

प्रतिक्रिया दिनुहोस्