साहित्यकार माधब बिडारीको उपन्यास अनन्त यात्रा लोकार्पण



काठमाडौं,पुस ९ । साहित्यकार माधब बिडारीको उपन्यास अनन्त यात्रा लोकार्पण भएको छ । शनिबार काठमाडौको सुकेधारामा अवस्थित बागमती विद्यालयमा सो उपन्यास लोकार्पण भएको हो ।

बिडारीको उपन्यास अनन्त यात्रासहित ३ साहित्यिक पुस्तक सार्वजनिक भएको हो । कार्यक्रममा रामचन्द्र दाहालको कविता संग्रह सुजेरो, जिज्ञासु पौडेल तिलकको मुक्तक संग्रह ज्वालामुखी समेत लोकार्पण भएको हो ।

नेपाल स्रष्टा समाजको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्रीराम श्रेष्ठको सभापतित्व, वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा झन्डै दुई सय साहित्यकारको उपस्थिति रहेको थियोे ।

कार्यक्रम सम्बन्धि भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्