नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा निर्वाचित



हेटौंडा,पुस १३ । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न मतगणना अनुसार दलको नेतामा लामा विजयी भएको कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीका केन्द्रीय सदस्य समेत रहेका लामाले २१ मत प्राप्त गर्दै विजयी भएका हुन् । लामाका प्रतिस्पर्धी कांग्रेस बागमतीका सभापति समेत रहेका इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्