गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार : विरालो बर्षको स्वागत गर्दै मनाइयो

काठमाडौं,पुस १६ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व विरालो बर्षको स्वागत गर्दै मनाए ।
गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।
काठमाडौंमा पनि गुरुङ समुदायले बसन्तपुरबाट सांस्कृतिक झाँकी सहित टुंडिखेलमा समापन गरि मनाए ।