माधब भण्डारीको ‘हल्ला चले चल्ला’ सार्वजनिक



काठमाडौं,पुस १७ । चर्चित गायक तथा संगीतकार माधब भण्डारीको ‘हल्ला चले चल्ला’ गीत सार्वजनिक भएको छ ।

मौलिकतालाई रुचाउने गायक भण्डारीले समयकाे माग अनुसार नयाँ साङ्गीतिक कोशेली पस्कने क्रममा नयाँ गीत ‘हल्ला चले चल्ला’ बजारमा ल्याएका हुन् ।

गायक भण्डारीलाई यस गीतमा बबिना किराँतीले साथ दिएका छन् । लय, शब्द, एरेन्ज माधव भण्डारीको रहेको यस गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको र कुमार रानाको मिक्सिङ, होम धितालको निर्देशन, शिव बिकको कोरियोग्राफर र मरुभूमि नारायणको छायांकन रहेको छ ।

चर्चित भिडियो सम्पादक रोशन धितालको सम्पादन रहेको यस गीतमा लोमस शर्मा, सरीता दानकुटी र सुजल भण्डारीको अभिनय देख्न सकिन्छ । गीत माधब भण्डारी अफिसियल च्यानलमा हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्