नुवाकोटको थानापतिमा धार्मिक सत्सङ्ग कार्यक्रम सम्पन्न



नुवाकोट,पुस २२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा धार्मिक सत्सङ्ग कार्यक्रम सम्पन्न भएको छ । थानापतिका विभिन्न क्षेत्रमा आवद्ध नागरिकको पहलका सो सत्सङ्ग सम्पन्न भएको हो ।

कार्यक्रम थानापतिमा रहेको नमुना व्यवसायिक कृषि उद्योगमा भएको थियोे । कार्यक्रममा आचार्य शीतलकृष्ण महाराजकाे प्रमुख उपस्थिति रहेको थियोे ।

कार्यक्रम थानापति नमुना व्यवसायिक कृषि उद्योग तथा नुवाकाेट महाउत्पादन डेरी लगायत संस्थाले प्रायोजन गरेको युवा उद्यमी रामप्रसाद पुडासैनीले बताए ।

प्रतिक्रिया दिनुहोस्