बागमती प्रदेशमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने, सभामुख राप्रपाको भागमा



काठमाडौं,पुस २४ । सत्तारुढ गठवन्धनले सात प्रदेशमा सरकारको नेतृत्वबारे टुंगो लगाएको छ ।

सात प्रदेश मध्य प्रदेश नंबर १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भैसकेका छन भने अन्य प्रदेशमा बाँडफाँड भएको हो ।

जस अनुसार बागमती प्रदेशमा भने नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन भने सभामुख भने राप्रपाको भागमा परेको छ । गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकर बनाउने सहमती भएको छ ।
बागमती प्रदेशमा भोली सरकार निर्माणको लागि दाबी पेश गर्ने दिन हो । एमाले र माओवादी मध्ये कस्ले पहिलो सरकारको नेतृत्व गर्ने भन्नेबारे अहिलेसम्म प्रष्ट भैसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्