पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय, राप्रपाको माग पुरा



काठमाडौं,पुस २५ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विश्वासको मत लिएर सरकारमा ल्याउन पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

पुस २७ गते आधुनिक नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा बिदा दिए सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने बताएको थियो । 

राप्रपाको माग पुरा गर्न सरकारले पर्सि बिदा दिन लागेको हो । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बिदा दिने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्