कुण्डला माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न



नुवाकोट,पुस २७ । जिल्लाको कुण्डला माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मंगलबार एक समारोहका बीच उत्सव सम्पन्न भएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाको सभापतित्वमा भएको थियोे ।

कार्यक्रममा विभिन्न श्रेणी तथा समूहमा उतिर्ण विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको थियोे । विद्यालयले पछिल्लो समय प्रदान गर्दै आएको( १-८ )छात्रा तथा दलित छात्रवृत्ति तथा अतिरिक्त क्रियाकलापमा (१-१२ ) सहभागी विधार्थीलाई पुरस्कार तथा सम्मान गरिएको विद्यालयले जनाएको छ ।

त्यस्तै प्रत्येक वर्ष प्रदान गर्दै आएको स्वर्गिय आधार थापा स्मृति छात्रवृत्ति कोषबाट ५ जनालाई २०००/ को दरले नगदसहित सम्मान, रथी श्री सुरेश राज थापाबाट स्व.कृष्ण कुमारी थापा स्मृति छात्रवृत्ति कोष बाट ३ जनालाई रु २०००/को दरले नगद पुरस्कार वितरण गरिएको थियोे ।

त्यसै गरी तयारी पोशाक संघका केन्द्रीय अध्यक्ष पशुपतिदेव पाण्डेबाट ५ जनालाई ट्रयाकशूट सेट, माछापुछ्रे बैंक लाजिम्पाटका अफिसर मनिष दाहालद्वारा ५ जनालाई ट्र्याकशूट प्रदान गरिएको थियोे । काठमाडौं महानगरपालिका वडा नं ९ का वडा सचिव मदन गुरागाईले खेलकुद सामग्री फुटबल, भलिबल लगायतका सामान वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्