प्युठान झिमरुकले स्थानीय पाठ्यक्रम तयार गर्ने



प्युठान,पुस २८ । प्युठानको झिमरुक गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

आज गाउँ शिक्षा समितिको बैठकले स्थानीय पाठ्यक्रम तयार गरि लागू गर्न ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए । आझै बसेको बैठकले पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता माघ ५ गतेदेखि संचालन गर्ने भएको छ ।

पालिका अध्यक्ष महतरा क्षेत्रीका अनुसार म्याद सकिएका बिद्यालय ब्यवस्थापन समिति पुर्नगठन गर्ने शैक्षिक क्यालेन्डर निर्माण गर्ने र बिद्यालय तथा समुदायमा कार्यरत बालबिकास सहजकर्तालाई बिहान १० बजेबाट बेलुका ४ बजेसम्म कामकाज गराउन बिधालयलाई पत्राचार गर्ने निर्णय भएको उनले बताए । शैक्षिक गुणस्तर वृद्धिका लागि बिज्ञ सहितको पालिका स्तरीय कार्यशाला गोष्ठी गर्ने तयारी गरिएको अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिए ।

पालिकाभरमा रहेका ४६ बिद्यालय मध्य ३२ बिधालयमा पुगेर बिद्यालयको आर्थिक भौतिक तथा शैक्षिक सुधार गर्नको लागि बिद्यालय अनुगमनलाई तिब्रता दिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्