यस्तो छ २३ सदस्यीय मन्त्रिमण्डल, कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)



काठमाडौं,माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । आज विस्तार भएको मन्त्रिपरिषदसँगै प्रचण्ड नेतृत्वको सरकारले लगभग पूर्णता पाएको छ ।

प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्न हस्ताक्षर गरेको जनता समाजवादी पार्टी भने आजको मन्त्रिपरिषद् विस्तार हुँदा सरकारमा सहभागी भएन । जसपालाईसमेत समेट्न प्रचण्डले केही मन्त्रालय बाँकी राख्दै मन्त्रिपरिपद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रचण्डले चार उपप्रधानसहित २३ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् । सत्तारुढ दलमा सबैभन्दा बढी मन्त्रालय नेकपा (एमाले) ले पाएको छ ।

यस्तो छ प्रचण्ड नेतृत्वको २३ सदस्यीय मन्त्रिमण्डलः

पुष्पकमल दाहाल प्रचण्ड- प्रधानमन्त्री

उपप्रधानमन्त्रीहरूः

विष्णु पौडेल-अर्थमन्त्री
नारायणकाजी श्रेष्ठ- भौतिक पूर्वाधारमन्त्री
रवि लामिछाने- गृहमन्त्री
राजेन्द्र लिङ्देन- ऊर्जामन्त्री

मन्त्रीहरूः
ज्वालाकुमारी साह- कृषिमन्त्री
दामोदर भण्डारी- उद्योगमन्त्री
राजेन्द्रकुमार राई- भूमि, व्यवस्था तथा सहकारी मन्त्री
अब्दुुल खान
विमला राई पौडेल- परराष्ट्रमन्त्री
पदम गिरी- स्वास्थ्यमन्त्री
भगवती चौधरी- महिला बालबालिका मन्त्री
हरि उप्रेती- रक्षा मन्त्री
रेखा शर्मा- सञ्चारमन्त्री
सुदन किराती- संस्कृतिमन्त्री
अमनलाल मोदी- सामान्य प्रशासनमन्त्री
सुशिला श्रीपाली- पर्यटन राज्यमन्त्री
डोलप्रसाद अर्याल- श्रममन्त्री
शिशिर खनाल- शिक्षामन्त्री
तोसिमा कार्की- स्वास्थ्यमन्त्री
ध्रुवबहादुर प्रधान- कानुनमन्त्री
विक्रम पाण्डे- सहरी विकासमन्त्री
दीपक सिंह-ऊर्जा राज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्