राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेका छौं : प्रधानमन्त्री



काठमाडौं,माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति खोज्ने प्रयास जारिरहेको बताएका छन् । बिहीबार सभामुखको चुनावपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास गरिराख्ने बताए ।

उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए । उपसभामुखको चुनावमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अगाडि बढ्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरू एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्