साङ्गीतिक आकाशमा राजु खड्काको चर्चा-परिचर्चा



काठमाडौं,माघ ६ । नेपाली साङ्गीतिक दुनियाँमा कलाकार तथा संगीतकार राजु खड्का चर्चामा रहेका छन् ।

त्यसो त संगीत संयोजकको नामले खड्का ज्यादा चर्चा बटुल्न सफल भएको कलाकार मानिन्छ । आफ्नो जीवनको आधा हिस्सा संगीतमा व्यतीत गरेका कलाकार खड्का अब्बल एरेन्जरका रुपमा स्थापित छन् ।

संगीत संयोजक खडकाले हालसम्म ३५ सय भन्दा ज्यादा गीतमा संगीत संयोजन गरेका छन् । नेपाली संगीत बजारमा उनका कतिपय गीतले चर्चा मात्र होइन ब्यापारिक सफलता समेत हासिल गरेका छन् ।

पछिल्लो समय कलाकार खड्काले गायक रेशमकुमार विश्वकर्माको एकल साँझ मा ‘मुख्य संगित संयोजक’ को भुमिका निर्वाह गरेका थिए । त्यस्तै खड्कालाई २०७६ मा बर्षको उत्कृष्ट सङ्गीत संयोजकको रूपमा घोषित गरेको थियोे । जुन प्रतियोगिता ज्योती फिल्मसले आयोजना गरेको थियोे ।

चर्चा बटुल्ने क्रममा गायक खड्काले २०७९ मा जीनियस म्युजिक अवार्ड, २०७९ सालमा बक्स अफिस म्युजिक अवार्ड, जाम्बोलिङ म्यूजिक अवार्ड हात पारेका छन् ।

ब्यस्तताका वावजुद एरेन्जर खड्काले विभिन्न संगीत प्रशिक्षण केन्द्रमा प्रमुख प्रशिक्षकका रुपमा आफ्नो छुट्टै वर्चस्व कायम गरेका छन् । कलाकार खडका कलश मीडिया प्रालि, गोसाईकुण्ड संगित प्रशिक्षण केन्द्र, पालुवा संगीत घर र एसवी म्युजिक सेण्टरमा प्रमुख संगीत प्रशिक्षकको भुमिका निर्वाह गर्दै छुट्टै स्थान ओगट्न सफल भएका छन्।

गायकको रुपमा उनको गीत सुन्नुहोस

प्रतिक्रिया दिनुहोस्