अस्ट्रेलियामा रहेका कुमार गिरीद्वारा नुवाकोट भद्रुटारमा रहेको बच्छला माविलाई शिक्षक सहयोग



नुवाकोट,माघ ६ । अस्ट्रेलियामा रहेका कुमार गिरीले जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा अवस्थित बच्छला माध्यमिक विद्यालयलाई एकजना शिक्षक सहयोग गरेका छन् ।

शुक्रबार विद्यालयमा न्यानो कपडा वितरण गर्न गएका गिरीले विद्यालयमा शिक्षक आवस्यकता रहेको महसुस गरी एक शिक्षक बापतको रुपैयाँ २५ हजार मासिक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफू बाल्यकालमा अध्ययन गरेको विद्यालयमा सबैजसो प्रमुख विषयमा शिक्षक अभाव महसुस गरी गिरीले एक शिक्षक सहयोग गरेको स्थानीय ज्ञानेन्द्र गिरीले बताए ।

शिक्षक बापत प्राप्त रकमले बिज्ञान बिषयको शिक्षक राख्ने तयारी गरेको विद्यालय श्रोतले जनाएको छ । पञ्चकन्या गाउँपलिका वडा नम्बर ५ का अध्यक्ष माधब सिटौलाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमबहादुर थापा, कुमार गिरीका बुबा बिष्णु गिरी, श्रीमती हिरा गिरी, विद्यालयकी प्रधानाध्यापक उषादेवी गुणी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्