अफगानिस्तानमा शीतलहरका कारण १ सय ४ जनाको मृत्यु



एजेन्सी,माघ ८ । अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या १ सय ४ पुगेको छ ।

तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ । शीतलहरका कारण करिब ७० हजार पशु पनि मरेका बीबीसीले जनाएको छ ।

तालिवान सरकारका प्रवक्ताले एक महिनामा झण्डै ४० हजार परिवारलाई खानपिनको व्यवस्था गरेको र केही राहत पनि दिएको दाबी गरेका छन् । संयुक्त राष्ट्रसङ्घले पनि अफगानिस्तानमा बढ्दो चिसोका कारण बढिरहेको मानवीय सङ्कटको बारेमा चिन्ता व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्