भारतीय वायुसेनाका २ विमान दुर्घटना



एजेन्सी,माघ १४ । भारतीय वायुसेनाका सुखोई–३० र मिराज २००० विमान दुर्घटना भएको छ । यस दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मध्य प्रदेशको मोरेनामा स्थानीय समयअनुसार बिहान साढे ५ बजे वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ । दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए।

घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालय पुगेका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए । घटनास्थलमा गाउँलेहरुको भीड जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्