नुवाकोट पञ्चकन्या गाउँपालिका नेकपा एमालेको समिक्षात्मक बैठक सम्पन्न



नुवाकोट,माघ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिका नेकपा एमालेको समिक्षात्मक बैठक सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ छबिसेफाँटमा भएको पार्टीगत भेलाले गत निर्वाचनको समिक्षा गरेको थियोे । त्यस्तै पाटी सदस्य नविकरण तथा नयाँ सदस्यता वितरण बिषयमा समेत छलफल भएको थियोे ।

कार्यक्रममा नेकपा एमाले पञ्चकन्या गाउँपालिका अन्तर्गत जिल्ला कमिटी सदस्य, पालिका पदाधिकारी, वडा तथा जनसंगठन कमिटीका अध्यक्ष र सचिव लगायतको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्