पाकिस्तानमा आत्मघाती हमला : ६१ को मृत्यु, १५० बढी घाइते



एजेन्सी,माघ १७। पाकिस्तानमा आत्मघाती हमलाहुँदा ६१ जनाको मृत्युभएको छभने १५० जनाभन्दाबढी घाइते भएका छन्।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा शक्तिशाली आत्मघाती बम विस्फोट भएको हो। सोमबार दिउँसो नमाज पढ्नेबेला आत्मघाती बम विस्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुरक्षा एवं स्वास्थ्य अधिकारीहरुका अनुसार विष्फोट दिउँसो १ बजेर ४० मिनेटमा पुलिस लाइन क्षेत्रमा भएको थियो। दिउँसोको नमाज पढिरहेको बेला अगाडिको लाइनमा बसेको मानिसले विस्फोट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्