सरकारमा रास्वपाको निरन्तरता



काठमाडौँ,माघ १९ । सरकारमा रास्वपाको निरन्तरता हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट तत्काल नबाहिरिने भएको हो ।

बिहीबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा रहने कि बाहिरिने भन्नेबारे पर्ख र हेरको नीति लिने निर्णय गरेको हो।

रास्वपाले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई दिनको समय दिएको बैठकपछि प्रवक्ता मुकुल ढकालले जानकारी दिए। प्रधानमन्त्रीले दुई दिनको समय माग गरेकोले पार्टीले दुई दिन पर्खिने निर्णय गरेको ढकालले बताए।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन गरेर तत्काल सरकारबाट बाहिरिने निर्णय नलिन आग्रह गरेपछि रास्वपाले सो निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्