रविले पत्रकारको नामै लिएर थर्काएपछि महासंघले जनायो गम्भीर आपत्ति



काठमाण्डौँ,माघ २२ । पूर्व पत्रकार समेत रहेका रवि लामिछानेले पत्रकार सम्मेलन गरेरै विभिन्न पत्रकारहरुको नामै लिएर थर्काएपछि नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।

आइतबार पत्रकार सम्मेलनमा आफ्नो खेदो गरेको भन्दै अमित ढकाल, शिव गाँउले सहितको नामै किटेर उत्तेजनापूर्ण अभिव्यक्ति दिएका थिए । रवि लामिछानेले मिडिया र पत्रकारको नामै लिएर धम्की दिएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्छ। साथै आफ्नो अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जोडदार माग गर्छ,’ महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लामिछानेको अभिव्यक्तिका कारण कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी लामिछाने र उनको पार्टीले लिनु पर्ने महासंघले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्