मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा
काठमाडौं,फागुन १ । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् ।
सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन् ।
ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरुले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सोमबार सडकमा नै सवारी साधन तेस्र्याएर सडक अवरुद्ध गरेका थिए ।

