काठमाडौं-हेटौंडा जोड्ने छोटो दुरीका सडक दुई महिनाका लागि बन्द
काठमाडौं,फागुन १। बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ ।
हेटौंडाबाट भिमफेदी-कुलेखानी-फाखेल-हुमाने-फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो ।
वैकल्पिक सडकको रुपमा कान्ति लोकपथ र थानकोट-चित्लाङ्ग-मार्खु-कुलेखानी-भिमफेदी खण्डबाट यातायात सञ्चालन गर्ने र यी समग्र कामको समन्वय भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ ।

