बाग्मती प्रदेशमा ट्रायलमा ७० अंक ल्याए पास हुने मापदण्ड लागू
काठमाडौं,फागुन २ । बाग्मती प्रदेशमा ट्रायलमा ७० अंक ल्याए पास हुने मापदण्ड लागू हुने भएको छ ।
बाग्मती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलमा ७० अंक ल्याए पनि पास हुने मापदण्ड लागू भएको हो ।
बाग्मती प्रदेशमा रहेका यातायात ब्यवस्था कार्यालय मध्ये सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरुले एकैपटक ७० अंकमा ट्रायल पास हुने व्यवस्था गर्नेछन् ।

