अग्रगमनको पक्षमा उभिनेहरू एकताबद्ध होऔँ अध्यक्ष नेपाल



पोखरा,फागुन ३ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न आह्वान गरेका छन्  ।

बुधबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने- ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं ।

राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागितामा झापाको मेची नदी किनारमा गरिएको एक कार्यक्रमप्रति लक्षित गर्दै अध्यक्ष नेपालले  प्रतिगमनको पक्षमा कोको र अग्रगमनको पक्षमा को को  उभिने कित्ता क्लियर गर्नुपर्ने बेला आएको बताए । उनले भने अग्रगमनको पक्षमा उभिनेहरू एकताबद्ध होऔँ ।’

अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनलाई ‘खिचडी गठबन्धन’ भन्दै  ‘यो संविधान, गणतन्त्र, संघीयता प्रति प्रतिबद्ध छैन ।’ अहिलेको सत्ता गठबन्धन परिवर्तनप्रति गौरववोध गर्ने खालको नभएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्