टर्कीमा फेरि शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु



काठमाडौ,फागुन ९ । विनाशकारी भूकम्प गएको २ साता भित्रै टर्कीमा फेरि भूकम्प गएको छ ।

जसका कारण ३ जनाको मृत्यु भएको छ । ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट ६ सय ८० भन्दा बढी घाइते भएका छन् ।

टर्कीको दक्षिणी क्षेत्र आन्तक्य, डेफ्ने र सामन्दगीमा बढी क्षति पुगेको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार प्रभावित क्षेत्रहरूमा थप क्षति भएको र मानिसहरू भग्नावशेषमा पुरिएका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्