भारतीय अभिनेत्री बेला बोसको निधन



एजेन्सी,फागुन ९ । भारतीय प्रसिद्ध अभिनेत्री तथा शास्त्रीय नर्तकी बेला बोसको निधन भएको छ ।

२० फेब्रुअरी अर्थात सोमबार ७९ वर्षको उमेरमा बेलाको निधन भएको हो । बेलाको के कारणले निधन भएको हो त्यो भने खुलाइएको छैन् ।

उनको जन्म १८ अप्रिल १९४१ मा कोलकातामा भएको थियो । बेलाले सन् १९५० देखि १९८० को बीचमा २ सय भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्