राष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने तयारीमा प्रचण्ड



काठमाडौं,फागुन १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारबाट नेपाल एमाले र राप्रपा बाहिरिएर समर्थन समेत फिर्ता दिएका छन् ।

अब प्रचण्डले फेरी विश्वासको मत लिनुपर्ने छ । जसका लागि उनले राष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने र मन्त्रीपरिषद् विस्तार गर्ने तयारि गरेका छन् ।

मन्त्रिपरिषद्ले मंगलबार गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले विश्वासको मत लिने र मन्त्रीपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन् ।

अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रीपरिषद् हुने शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्