चुनावमा अन्तर्घात गर्ने ८० जनालाई जसपाले गर्‍यो कारबाहीकाे सिफारिस



काठमाडाैं,फागुन २० । चुनावमा अन्तर्घात गरेको भन्दै ८० जनालाई कारबाही गर्न जनता समाजवादी पार्टीको छानबिन समितिले सिफारिस गरेको छ ।

पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित कार्यदलले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन आज पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको छ । कार्यदलले १४ वटा जिल्लामा अन्तर्घातबारे छानबिन गरेको थियो ।

१५२ आरोपी नेतासँग बयान लिनुको साथै अन्य प्रमाण र थप जानकारीका लागि २४७ जनासँग भेटेर कुराकानी गरिएको थियो । कारबाही सिफारिस गरिएका ८० जना नेताले आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्