रुसद्वारा हवाई आक्रमण तीव्र



एजेन्सी,फागुन २५ । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण तीव्र बनाएको छ । केही दिनदेखि मत्थर भएको आक्रमण आज बिहानैदेखि फेरि तीव्र भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

रुसको क्षेप्यास्त्र र ड्रोन हमलाका कारण पानी र बिजुली आपूर्तिमा अवरोध सिर्जना भएको छ । खार्किभका गभर्नर ओलेग सिनेगुबोभले महत्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताउनुभएको छ ।

ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम माच्नेकोले पनि रुसले ऊर्जा क्षेत्रका पूर्वाधार तथा आवासीय भवनमा क्षति भएको बताउनुभएको छ । स्थानीय सैन्य प्रशासनका अनुसार राजधानी किएभ क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय पारिएको छ ।

सरकारले नागरिकलाई घरबाहिर ननिस्कन तथा सावधानी अपनाउन आग्रह गरेको छ । औद्योगिक सहर बाख्मुतलाई क्रमशः आफ्नो नियन्त्रण लिएको जनाउँदै मस्कोले अन्य क्षेत्रमा पनि आक्रमणलाई तीव्र बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्