चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन



काठमाडौं,फागुन २६। चीनको राष्ट्रपतिमा सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन भएका छन् ।

उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको हो । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्