चीनका दुई अधिवेशनको समुद्घाटन



सिन्ह्वा, फागुन २६ । चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ अङ्गको वार्षिक अधिवेशन शनिबार सुरु भएको छ।

महान् आधुनिक समाजवादी देश निर्माणमा चीनले सफलता हासिल गर्दैगर्दाको अति महत्वपूर्ण यस वर्षमा उक्त अधिवेशनको प्रारम्भसँगै दुई अधिवेशनको समुद्घाटन भएको हो।

पेइचिङ्स्थित जनताको महान् सभाकक्ष (ग्रेट हल अफ पिपल) मा (४ मार्च २०२३ मा) सुरु भएको चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) को १४ औँ राष्ट्रिय समितिको पहिलो सत्रको उद्घाटन बैठकमा चीनका राष्ट्रपति सी चिनफिङ लगायतका नेता सहभागी भए ।

१३ औँ सीपीपीसीसी राष्ट्रिय समितिका अध्यक्ष वाङ याङले सीपीपीसीसी राष्ट्रिय समितिको बैठक समक्ष आफ्नो कार्यसम्पादन प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा उहाँले राजनीतिक सल्लाहकार समितिले शताब्दीका दुई लक्ष्य प्राप्त गर्न वृद्वि र शक्तिको योगदानसहित बृहत् सहमति निर्माण गरेको बताए ।

‘दुई अधिवेशन’ भन्नाले चीनको सर्वोच्च व्यवस्थापिका राष्ट्रिय जनकङ्ग्रेस (एनपीसी) तथा सीपीपीसीसी राष्ट्रिय समितिको वार्षिक बैठकलाई जनाउँछ। एनपीसी अधिवेशन आइतबार   (५ मार्च २०२३) सुरु भएको छ।

चीनको राजनीतिक पात्रोमा ‘दुई अधिवेशन’ को ठूलो महत्व छ। अधिवेशनको अवधिमा केन्द्रीय सरकारले आफ्नो कार्यसम्पादन प्रतिवेदन पेस गर्छ जसमा सामान्यतया विगतका उपलब्धिको समीक्षा र आगामी वर्ष एवम् निकट भविष्यका लागि विकासका लक्ष्य समेटिएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्