उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उमेद्वार रामसहाय प्रसाद यादव निर्वाचित



काठमाडौं,चैत ४ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

सत्तारुढ दलबाट उम्मेदवार रहेका यादव ३० हजार ३ सय २८ मतभार प्राप्त गरि तेस्रो उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन् ।

 निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्